काठमाडौं ।
राष्ट्रिय सभाका सांसद मोहम्मद खालिदले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता नै खारेज गर्ने षडयन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले उक्त जिकिर गर्नुभएको हो । सांसद खालिदले संघीयता जनताले बलिदान गरेर ल्याएकाले त्यसलाई कसैले पनि कमजोर बनाउने दुश्साहस गर्न नहुने बताउनु भयो । उहाँले संघीयताको पक्षमा उभिएर मत मागेकाले प्रधानमन्त्री बालेन्द्र साहलाई जनताले अभूतपूर्व मत दिएकाले त्यसको पक्षमा काम गर्नुपर्ने पनि बताउनु भयो ।सांसद खालिदले सरकारले संघीयताको पक्षमा दृढतापूर्वक काम गर्नुपर्ने बताउनु भयो ।




