देश/समाज

सत्तारुढ रास्वपाले बालबालिकाहरुलाई पार्टी सदस्य बनाएकोमा राष्ट्रिय सभा सांसदहरुको आपत्ति

काठमाडौं ।

राष्ट्रिय सभाका सांसदहरुले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालबालिकाहरुलाई पार्टी सदस्यता दिएर संविधान, कानूनको उल्लंघन गरेको भन्दै आपत्ति जनाएका छन् । सोमवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरु चन्द्रबहादुर केसी, जगत तिमिल्सिनाले संविधान, कानून र अन्तराष्ट्रिय कानूनको समेत उलंघन गर्दै उक्त पार्टीले ३५ हजार भन्दा बढी बालबालिकाहरुलाई पार्टीको सदस्यता बनाउने कार्य गरेको भन्दै आपत्ति जनाउनुभएको हो । सांसद केसीले विद्यार्थी युनियनहरु खारेज गर्ने सत्तारुढ रास्वपाले आफनो पार्टीमा भने बालबालिकालाई पार्टी सदस्यता दिने काम विरोधभाषपूर्ण भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

सांसद जगत तिमिल्सिना संविधान र कानून विपरित बालबालिकाको मानव अधिकार समेत हनन हुनेगरी सत्तारुढ रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गर्न राष्ट्रिय मानव अधिकार आयोगसँग आग्रह समेत गर्नुभयो । उहाँले नेपालको संविधान, कानूनले समेत निषेध गरेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई छुट हुन नहुने पनि बताउनु भयो ।सांसद तिमिल्सिनाले सत्तारुढ रास्वपालाई संविधान विपरितका गतिविधि गर्दा पनि सरकारले खासै चासो नदिएको जिकिर पनि गर्नुभयो ।

Related Post
Share

This website uses cookies.