काठमाडौं ।
नेपाली काँग्रेसका नेता डा सुनिल शर्माले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । शनिवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उहाँले उम्मेद्वारी घोाषणा गर्नुभएको हो । उहाँले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको बताउनु भयो । उहाँले काँग्रेसलाई दूरदराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको बताउनु भयो । लोकतन्त्र पुनःस्थापनाका लागि विगतमा आफूले नेपाल, भारत र अमेरिकासम्म विभिन्न तहमा राजनीतिक गतिविधि र ‘लभिङ’ गरेको स्मरण गर्दै कांग्रेससँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।
डा. शर्मा मोरङ–३ बाट काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । त्यसअघि शर्मा बेलबारी नगरपालिका–४ बाट क्षत्रिय प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको थियो । शर्मा नेपाली काँग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय हुनुहुन्छ । काँग्रेसको १५ औँ महाधिवेशन आईतवारदेखी काठमाडौंको खुलामञ्चमा हुँदैछ ।
This website uses cookies.