सुस्त रहेका योजनालाई छिटो सम्पन्न गर्न दबाब यात्राः रास्वपा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सुस्त रहेका योजनालाई छिटो सम्पन्न गर्न दबाब यात्राः रास्वपा

काठमाडौं, ४ माघ ||
राष्ट्रिय स्वतन्त्र पार्टीले दबाब यात्राले सुस्त रहेका योजनालाई छिटो काम सम्पन्न गर्न दबाब सिर्जना गर्ने स्पष्ट पारेको छ । बुधवार रातिसम्म चलेको केन्द्रिय समितिको बैठकले देशभरका विभिन्न २७ वटा निर्माणधिन विकास विकास आयोजनामा दबाब यात्रा गर्ने निर्णय गरेको हो । जनतासँग प्रत्यक्ष जोडिएका आयोजनाको निर्माण कार्यलाई गति दिन दबाब यात्राले सहयोग पुग्ने बताइएको छ । बिहीवार काठमाडौंमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका सहप्रवक्ता कविन्द्र बुर्लाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीयदेखि संघीय संरचनामा प्रतिपक्षीको भुमिकामा रहेकाले विकास निर्माणको कामको अनुगमन र दबाब दिन परेको बताउनु भयो । स्थानीय जनता, सरोकारवाला, स्थानीय पत्रकारहरुसहित आयोजनास्थलमा गएर दबाब दिने कार्यक्रम रहेको बताउनु भयो । आयोजना स्थलमा निर्माण व्यवसायी, आयोजना प्रमुखसँग बसेर आयोजना निर्माणको गति बढाउन अन्तरक्रिया सहजीकरण गर्ने योजना रहेको प्रवक्ता बुर्लाकोटीले बताउनु भयो । दबाब यात्रा शुरु गर्ने टोली र समयबारे अर्को बैठकले निर्णय गर्नै सहप्रवक्ता बुर्लाकोटीले बताउनु भयो । रास्वपाले टनकपुर रिङरोडदेखि रवि राँके सडकसम्म २७ वटा आयोजनामा दबाब यात्रा गर्ने निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);