मध्यपहाडी लोकमार्गको निर्माण कार्य सुस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

मध्यपहाडी लोकमार्गको निर्माण कार्य सुस्त

बागलङ, १२ पुस । पूर्वी पाँचथरको चियोभन्ज्याङबाट सुरु भई बैतडीको झुलाघाटमा गएर टुङ्गिने मध्यपहाडी पुष्पलाल लोकमार्गको निर्माण सुरु भएको २० बर्ष वितिसक्यो ।

तर कामको गती सुस्त छ । राष्ट्रिय गौरवको आयोजना मानिएको लोकमार्ग निर्माणको काम नसकिएपछि बाग्लुङमा स्थानीयस्तरबाट नै दबाबमुलक अभियान थालिएको छ ।

लोकमार्गको बाग्लुङ–घोडाबाधे खण्डमा ठेकेदार कम्पनीले सुस्त गतिमा काम गरेपछि स्थानीयबासीले छिटो काम सक्न दबाब दिएका हुन् । पछिल्लो समय स्थलगत अनुगमनबाट नै तीब्र गतिमा काम गर्न दबाब दिदैँ अभियान थालेका हुन् ।

अहिले यस सडकको ट्रयाक खोलेर सकिएपछि स्तरोन्नतीको काम भइरहेको छ । कुल १ हजार ७ सय ७६ किलोमिटरको यस लोकमार्गको बागलुङ खण्डमा मात्रै १ सय ४२ किलोमिटर पर्छ । तर सन्तोषजनक रुपमा काम नभएको स्थानीयबासी बताउँछन् ।

अहिले भने सरकारले राष्ट्रिय गौरवका आयोजना एवं अन्य आयोजनाहरुको काम २०७६ जेठ २३ गते सरकारले १ बर्षसम्म नसके कालो सूचीमा राख्ने बताएपछि ठेकेदार कम्पनी फिल्डमा देखिएको छ ।

आयोजनाका इन्जिनियर रामप्रसाद सुवेदीले दशैँ तिहारपछि काम सुरु गर्न ढिलाई गरेको भन्दै ठेकेदार कम्पनीलाई ताकेता गरेपछि अहिले काम सुरु गरेको बताउनुभयो ।

काम छिटो सक्न बाग्लुङ नगरपालिका–४ ओढारचौरमा बैकल्पिक क्रसर राख्ने भनिए पनि स्थानीयबासीको अवरोधपछि अर्को स्थानमा राख्न लागिएको छ । ओढारचौरबाट कच्चा पदार्थ निकालेर बानपा–३ खहरे नजिकै क्रसर राख्न लागिएको र बिहुँ खण्डमा पनि बैकल्पिक क्रसर स्थापना गर्न लागिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);