सडक नबन्दा सर्वसाधारणहरुले कष्टपूर्ण यात्रा गर्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सडक नबन्दा सर्वसाधारणहरुले कष्टपूर्ण यात्रा गर्न बाध्य

sadak

 बाग्लुङ, १ असोज । मध्यपहाडी पुष्पलाल लोकमार्गको बाग्लुङ खण्डको घोडाबाधे सम्मको सडक नबन्दा सर्वसाधारणहरुले कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।

हरेक बर्ष बर्षातको समयमा पानीले बाटो हिलाम्मे हुँदा पैदल तथा सवारी साधनहरु आवतजावत गर्ने समस्या भएको हो । मध्यपहाडी पुष्पलाल लोकमार्गको बाग्लुङ खण्डको घोडाबाधे सम्मको सडक नबन्दा सर्वसारधणले सास्ती खेप्नु परेको छ । एक स्थानिय शिवलाल कँडेलले बजार गएर घर फर्कदा ठुलोनै काम गरेर फर्के जस्तो महशुस हुने बताए ।

सदरमुकामसँग जोडिएको घोडाबाँधेसम्मको २५ किमी सडक सबैभन्दा नाजुक अवस्थामा छ । निर्माण शुरु भएको २० वर्ष बित्दासमेत उक्त खण्ड ‘ग्राबेल’ सम्म हुनसकेको छैन । लोकमार्गको बाग्लुङ खण्डमा पर्ने १ सय ४२ किमीमध्ये घोडाबाँधेदेखि बुर्तिबाङसम्मको ६४ किमी सडक कालोपत्रे भइसकेको छ । सदरमुकाम बागलुङ बजारदेखि बिहुँसम्मको १३ किमीको ‘सिद्वीटाई कन्सट्रक्सन’ र घोडाबाँधेसम्मको बाँकी खण्ड निर्माणको जिम्मा ‘सूर्य कन्सट्रक्सन’ले लिएको छ ।

सदरमुकाम तर्फको सडक निर्माणमा भएको ढिलाइप्रति सर्वसाधरणले आक्रोस पोखेका छन् । यो विग्रेको खण्डमा वर्षा लागेपछि पहिरो पन्छाउने, सडक, नाली मर्मत गर्ने काममै बढी समय खर्च हुने गरेको छ । दैनिकजसो झरीले सडक ‘ग्राबेल’ गर्ने काम रोकिएको र वर्षालगत्तै काम शुरु हुने निर्माण कम्पनीले जनाएको छ । आउँदो हिउँदसम्म पूर्वाधार तयारीको काम सक्ने र २०७६ भित्रमा कालोपत्रे गर्ने लक्ष्य लिइएको दावी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);