प्रहरीले हिरासतमा राखेका दिलिप सिंह बिष्टको मानसिक अबस्था झन गम्भिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रहरीले हिरासतमा राखेका दिलिप सिंह बिष्टको मानसिक अबस्था झन गम्भिर

dilip bista

कञ्चनपुर, १ असोज । कञ्चनपुरकी १३ बर्षिया बालीका निर्मला पन्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले हिरासतमा राखेका दिलिप सिंह बिष्टको मानसिक अबस्था झन बिग्रिएको छ ।

प्रहरीले अभियुक्त करार गरी २४ दिनसम्म थुनामा राखेका भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टको स्वास्थ्य अवस्था झन विग्रिएको हो । प्रहरीको थुनाबाट रिहा भइसकेपछि स्वास्थ्य अवस्था निकै जटिल बनेको उनका दाजु खड्गसिंह विष्टले बताए ।

प्रहरीले मानसिक स्वास्थ्य ठीक नभएको छोरालाई पूरै पागल बनाइदिएको र दिलिपलाई सम्हाल्न घरमा अहिले एकजना मान्छे कुरुवा बस्नुपर्ने समस्या आएकोे दिलिपका बुवा कमलसिंह विष्ट बताए ।

प्रहरीले यातना दिएका विष्टमा घरबाहिर निस्कँदा अपरिचित मानिससँग बोल्न डराउने बर्बराउने र एकोहोरो बोलिरहने समस्या देखिएको छ । सरकारले जसरी भए पनि भाइको उपचार गरिदिनु समेत दाजु खड्गसिंह विष्टले माग गरेका छन् । भदौ ३ गते पक्राउ गरिएका दिलीपसिंह विष्टलाई प्रहरीले मुख्य अभियुक्त बनाएको थियो । यथेष्ट प्रमाण नपुगेको र डीएनएसमेत मेल नखाएपछि उनलाई भदौ २६ गते रिहा गरिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);