निर्मला प्रकरण : तत्कालिन एसपी डिल्लीराज विष्ट सहित ८ प्रहरी विरुद्ध जाहेरी दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

निर्मला प्रकरण : तत्कालिन एसपी डिल्लीराज विष्ट सहित ८ प्रहरी विरुद्ध जाहेरी दर्ता

पुष्कर भट्ट

कञ्चनपुर, ३ पुस । प्रमाण नष्ट गरी अपराधीलाई जोगाउन भूमिका खलेको भन्दै तत्कालिन कञ्चनपुरका एसपी डिल्लीराज विष्ट सहित ८ जना विरुद्ध जाहेरी दर्ता भएको छ ।  स्वर्गीय निर्मला पन्तकी आमा दुर्गादेबी पन्त र दिलिप सिंह विष्टका दाजु खड्ग सिंह विष्टले अदालतमा जाहेरी दर्ता गरेका हुन् ।

स्वर्गीय निर्मला पन्तकी आमा दुर्गादेबी पन्त र दिलिप सिंह विष्टका दाजु खड्ग सिंह विष्टले कञ्चनपुर अदालतमा किटानी जाहेरी दर्ता गरेका हुन् । प्रमाण नष्ट गरेको तथा अपराधीलाई जोगाउन भूमिका खेलेको भन्दै कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट सहित ८ जना प्रहरी विरुद्ध कञ्चनपुर अदालतमा मुद्धा दायर गरिएको हो ।

पीडितका तर्फबाट दायर गरिएको रिटमा अपराधिलाई जोगाउन प्रमाण नष्ट लगायतका कसुर अपराध गरेकाले प्रतिवादीहरु उपर अनुसन्धान गरि हदैसम्मको सजाय गरि पाऊँ’ भनिएको छ ।

जाहेरीमा कञ्चनपुरका तत्कालिन एसपी विष्ट सहित डीएसपी ज्ञानबहादुर सेट्टी, प्रहरी निरीक्षक एकिन्द्र खड्का, प्रहरी नायव निरीक्षक हरिसिंह धामी, प्रहरी साहायक निरीक्षक रामसिंह धामी, प्रहरी हवल्दार चाँदनी साउद, प्रहरी निरीक्षक जगदिश भट्ट, केन्द्रिय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जीसीले समेत नक्कली प्रमाण खडा गर्ने, निर्दोष व्यक्तिलाई जबरजस्ती अपराध कबुल गराउने कार्य गरेको र उनीहरु माथि पनि कानून वमोजिम हदैसम्मको कारबाही गरिदिन माग गरिएको छ ।

राष्ट्रिय मानवअधिकार संगठनका अध्यक्ष एवं अधिवक्ता इन्द्र अर्यालले राज्यले पीडिकलाई संरक्षण गरेको र सर्बसाधारणलाई यातना दिएको हुँदा मुद्दाको वकालत गर्ने बताएका छन् । अधिवक्ता अर्यालले न्याय सबैका लागि एक भएको भन्दै पीडितले न्याय पाउनु पर्ने आफ्नो एकमात्र उद्देस्य रहेको बताए ।

कञ्चनपुरकी १३ वर्षीय वालिका निर्मला पन्तको गत साउन १० गते बलात्कार पछि हत्या गरिएको थियो । हत्या भएको ४ महिना पुगिसकेको छ । सरकारले हत्यारा पत्ता लगाउन छानविन समिती गठन गरेपनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

प्रहरीले अपराधी जोगाउन भुमिका खेलेको भन्दै सरकारले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट सहित अर्का एक प्रहरी अधिकारीलाई वर्खास्ती गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);