कञ्चनपुर, १३ चैत । निर्मला हत्याको अनुसन्धानमा प्रमाण नष्ट गरेको अभियोग लागेका डिएसपी अगुंर जीसीलाई जिल्ला अदालत कञ्चनपुरले नौ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल ईजलासले बुधबार यस्तो आदेश दिएको हो । केन्द्रीय अनुसन्धान व्युरोका तत्कालिन डिएसपी जीसीमाथि निर्मला पन्तको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप छ ।
यातना तथा सार्वजनिक कसुर दुई छुट्टाछुट्टै मुद्दामा प्रतिवादी जीसीबाट नौ लाख धरौटी रकम अशुल्न आदेश दिएको जिल्ला अदालत कञ्चनपुरका सुचना अधिकारी हरिकृष्ण अवस्थीले जानकारी दिए ।
पुर्व डिएसपी जिसी सोमबार दिउँसो ११ बजेतिर आफै जिल्ला आदालत कञ्चनपुरमा उपस्थित भएका थिए । जिसीसहित आठ प्रहरी बिरुद्ध निर्मला पन्तकी आमा दुर्गादेवी पन्तद्वारा सार्वजनिक न्याय कसुर र चार भदौमा सार्वजनिक गरिएका दिलिपका दाजु खड्क सिंह विष्टद्वारा यातना बिरुद्ध मुद्दा दायर गरेका थिए ।
आदालतले यातनाको मुद्दामा पाँच लाख रुपँैया धरौटी आदेश जारी गरेको छ भने सार्वजनिक कसुर मुद्दामा चार लाख गरी जिसीबाट नौ लाख रुपैँया धरौटी लिने आदेश जारी गरेको हो ।
आदेश भएको सवा घण्टामै निर्मला पन्तको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका तत्कालिन डिएसपी जिसीले नौ लाख रुपैंयाँ धरौटी बुझाएका थिए । धरौटी बुझाएपछि उनी रिहा भएका छन् ।




