८८ किलो सुन तस्करीका दुई आरोपी धरौटीमा रिहा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

८८ किलो सुन तस्करीका दुई आरोपी धरौटीमा रिहा

sarboccha-gold

काठमाडौं, ४ जेठ । ८८ किलो सुन तस्करीमा संलग्न भनिएको दुई आरोपीले सफाइ पाएका छन् । सर्वोच्च अदालतले नन्दकुमार पाण्डुरंग मगर्ले र उल्हास दिनकर सालुङ्खेलाई पाँच लाख धरौटीमा रिहा गरेको हो ।

न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलाशले पाँच लाख धरौटी लिएर उनीहरुलाई रिहा गर्न आदेश दिएको हो । अभियुक्तहरु जिल्ला र उच्च अदालतको आदेश विपरीत बैशाख १० गते सर्वोच्च अदालत पुगेका थिए । तर, सर्वोच्चले जिल्ला र उच्च अदालतको आदेश बदर गर्दै उनीहरुलाई हिजो उन्मुक्ती दिएको हो ।

प्रहरीले काठमाडौंको क्षेत्रपाटीमा पार्किङ गरेको गाडीबाट भदौ १९ गते बरामद गरेको थियो । उक्त मुद्दा अहिले पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);