पुनः थुनामा जान सक्छन् सन्दीप | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

पुनः थुनामा जान सक्छन् सन्दीप

काठमाडौं । सन्दीप लामिछाने शुक्रबार क्रितिपुर स्थित टीयू क्रिकेट मैदान देखिए । क्यानले बन्दप्रशिक्षणमा बोलाएपछि उनी मैदान पुगेका हुन् । खेलाडीलाई मैदानमा पुर्याउने पहेलो बस चढेर लामिछाने मैदानमा उत्रिदा उनको अनुहारमा मलिनता थियो । मैदानमा प्रशिक्षण गर्दा केहि खुलेका लामिछाने बीचबीचमा टोलाउने गर्थे । उनी मैदानमा रहँदा उनी विरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको थियो । उनी मैदानमै रहदा उनको मुद्दाको सुनुवाई पनि भयो ।

लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिँकाउन सर्वोच्च अदालतले आदेश दियो । न्यायाधीश हरि फुयाँलको आजको इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो ।

सन्दीपलाई किन र के आधारमा छाडेको हो भन्ने विवरण सहितको प्रतिवेदन मगाउन सर्वोच्चले आदेश गरेको हो । यस्तो निवेदनमा यही नै प्रक्रियाबाट तल्लो अदालतको आदेश मागिन्छ र पछि त्यो आदेश सहि थियो कि थिएन भन्ने हेरिन्छ । जबरजस्ती करणीको मुद्दा खेपेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न २८ पुसमा उच्च अदालत पाटनले आदेश दिएको हो । उक्त आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको हो ।

नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई थुनामा राख्नुको साटो धरौटीमा छाड्ने उच्च अदालतको आदेश प्रचलित कानुन र न्यायिक सिद्धान्त विपरीत रहेको भन्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालतमा पुगेको हो । उक्त निवेदनअनुसार आदेश जारी भए सन्दीप मुद्दाको टुंगो नलागेसम्म पुनः थुनामै बस्नुपर्ने हुनसक्ने छ ।

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा रहेका लामिछानेले आफ्नो मुद्दामा आएको आदेशबारे ढिलोगरि मात्र थाहा पाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);