विदेश पलायन नहुन खेलाडीहरुलाई एन्फा महासचिव राईको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

विदेश पलायन नहुन खेलाडीहरुलाई एन्फा महासचिव राईको आग्रह

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईले अवसर खोज्दै विदेश पलायन नहुन खेलाडी समक्ष आग्रह गर्नुभएको छ ।

एक महिनापछि आयोजना हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राईले चर्चित खेलाडी देशभित्र फुटबल गतिविधि नभएर बाहिरिनु दुखद् भएको र आगामी वर्ष देखी खेलाडीलाई व्यस्त गराउने तालिका एन्फाले बनाएको भन्दै विदेश पलायन नहुन आग्रह गर्नुभएको हो । खेलाडीको जीविकोपार्जनको निश्चिततासँगै एन्फाले कार्यक्रम बनाएको र भविष्य खोज्न विदेश नरोज्न अनुरोध गर्नुभएको हो ।

महासचिव राईले एक महिनापछि आयोजना हुन लागेको लिगको ५० प्रतिशत तयारी भइसकेको जानकारी दिनुभयो । एन्फाका लिग निर्देशक सञ्जीव मिश्रले विश्वभर लिगको तालिका पहिले नै तय हुने भएपनि पहिलो पाँचौं चरणको खेल तालिका सार्वजनिक भइसकेको जानकारी दिनुभयो ।

डबल राउण्ड रोबिन लिग प्राणालिमा हुने लिगको विजेताले ७५ , दोस्रोले ५० र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । यस्तै फेयर प्ले अवार्डको नगद पुरस्कार ३ लाख पु¥याएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);