एन्फा ए डिभिजन लिगको पुरस्कार राशि बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

एन्फा ए डिभिजन लिगको पुरस्कार राशि बढ्यो

काठमाडाैं । असोजबाट कात्तिकका लागि सारिएको सहिद स्मारक ए डिभिजन लिगको विजेताले ७५ लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार डिभिजन लिगको विजेताले ७५ लाख पाउने बताएको छ ।

एन्फाले यस पटक पुरस्कार राशिमा वृद्धि गरेर ७५ लाख पु¥याएकाये हो । यस अघिको सिजनमा च्याम्पियनले ५० लाख रुपैयाँ प्राप्ग गरेको थियो । नयाँ सिजनको लिगको उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने एन्फाले जनाएको छ ।

यस्तै एन्फाले क्लबलाई तयारी खर्चको लागि २०/२० लाख समेत उपलब्ध गराउने छ । यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग शुरु हुने मिति पछि सारेको छ । परिवर्तन गरिएको तालिका अनुसार लिग आगामी कात्तिक २९ गतेबाट हुनेछ ।

ए डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरेको हो । सोही छलफलबाट सहभागि क्लब लिग खेल्न सहमति भएको जनाएको हो । यस अघि ललितपुरका चार क्लबले महामारीलाई कारण दिएर असोज ३ बाट लिग खेल्न नसक्ने भन्दै ज्ञापन पत्र बुझाएका थिए ।

अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने सम्भावना भएकाले लिग पछाडी सारिएको हो । साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले दाबी पेश गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);