सी डिभिजन लिग फुटबल आगामी चैत १ गतेबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सी डिभिजन लिग फुटबल आगामी चैत १ गतेबाट सुरु

काठमाडौं, ९ पुष । सहिद स्मारक सी डिभिजन लिग फुटबल आगामी चैत १ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सी डिभिजन लिगका पदाधिकारीसंग छलफल गर्दै गत चैतको सूरुवातदेखि नै स्थगित लिग सञ्चालन गर्ने सहमती गरेको हो ।

गत वर्षको अन्तिममा सुरु गर्ने तयारी गरिएको सी डिभिजन लिग कोरोनाका कारण स्थगित भएको थियो । एन्फाले गत वर्ष स्थगित भएका घरेलु फुटबलका प्रतियोगितालाई यस वर्ष सक्ने तयारी गरेको छ ।

सी डिभिजन लिगका लागि क्लबको तयारी खर्च बढाउन समेत एन्फा सहमत भएको छ । सी डिभिजनका क्लबले अब तयारी खर्च वापत ९ लाख रुपैयाँ प्राप्त गर्नेछन् । एन्फा सी डिभिजन लिगको तयारी खर्च २ लाख बढाउन सहमत बनेको हो ।

एन्फाले बुधबार मात्र सहिद स्मारक सी डिभिजन लिग फागुन ११ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);