फिफा क्लब विश्वकपको खेल तालिका र खेल्ने स्थान सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

फिफा क्लब विश्वकपको खेल तालिका र खेल्ने स्थान सार्वजनिक

एजेन्सी , ९ पुष । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा क्लब विश्वकप फुटबलको खेल तालिका र खेल्ने स्थानको घोषणा गरिएको छ । कोरोनाका कारण रोकिएको सन् २०२० को क्लब विश्वकप सन् २०२१ को फेब्रेअरी १ देखि ११ सम्म कतारमा आयोजना हुने फिफाले जनाएको छ ।

प्रतियोगिताका लागि तीन रंगशाला तय गरिएको छ । जसमा अहमद बिन अली, खलिफा ईन्टरनेश्नल र एजुकेशन सिटी स्टेडियम रहेका छन् । फिफाले आयोजना गर्ने विश्व क्लब फुटबल प्रतियोगितामा ६ महादेशका लिग विजेता टोलीबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको उदघाटन खेल फेब्रेअरी १ मा अहमद बिन अली रंगशालामा हुनेछ । समापन खेल फेब्रअरी ११ मा एजुकेशन सिटी स्टेडियममा हुनेछ ।

प्रतियोगितामा युरोपियन च्याम्पियन्स लिग विजेताको रुपमा जर्मनीको बायर्न म्युनिख, अफ्रिकाको च्याम्पियन्स लिगको विजेता इजिप्टको अल अहली, एसियाबाट दक्षिण कोरियाको उल्सान हुन्डाई, उत्तर , मध्य अमेरिका र क्यारेबियन क्षेत्रबाट मेक्सीकोको यूएएनएल, आयोजक कतार स्टार लिग विजेता अल दुहैल र ओसियाना क्षेत्रबाट न्युजिल्याण्डको अकल्याण्ड सिटीले सहभागीता जनाउनेछन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);