नेपालले आज इराकसँग मैत्रिपूर्ण खेल खेल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

नेपालले आज इराकसँग मैत्रिपूर्ण खेल खेल्दै

काठमाडौं । नेपालले आज इराकविरुद्ध मैत्रिपूर्ण फुटबल खेल्दैछ ।

इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुनेछ ।

अन्तराष्ट्रिय फुटबल महासंघ फिफा वरीयतामा नेपाल भन्दा निकै माथि रहेको इराक विरुद्ध मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय नेपाली टोली बुधबार नै बसरा पुगिसकेको छ ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफु भन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

इराक पनि फिफा विश्वकप र एसिया कप छनोटको बाँकी खेल खेल्ने तयारीमा छन् । फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ भने नेपाल १ सय ७१ औं स्थानमा छ ।

फुटबल प्रतिस्पर्धामा नेपाल र इराकबीच यो चौंथो भेट हुनेछ । यस अघि नेपाल र इराकले ३ खेलमा प्रतिस्पर्धा गरेका छन् । तीनै खेलमा इराक विजयी भएको छ ।

सन् १९ सय ८२ नोभेम्बर २३ मा इराक विरुद्धको पहिलो खेलमा नेपाल ३–० गोलले हारेको थियो । त्यसै गरि २ हजार १ अप्रिल १४ मा नेपाल इराकसँग ९–१ ले तथा तेस्रो भेटमा ४–२ ले पराजित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);