मैत्रीपूर्ण खेलका लागि आज नेपाली राष्ट्रिय टिम इराक प्रस्थान गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

मैत्रीपूर्ण खेलका लागि आज नेपाली राष्ट्रिय टिम इराक प्रस्थान गर्दै

काठमाडौँ ।  इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम आज त्यसतर्फ प्रस्थान गर्दै छन् ।

२३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम आज इराक प्रस्थान गर्ने लागेको हो । नेपाली टिम कतार एयरवेजबाट राति १० बजे इराक प्रस्थान गर्ने बताइएको छ । इ

राक जाने सबै नेपाली टोलीको कोरोना रिपोर्ट समेत नेगेटिभ आएको छ । नेपालले जेठ १५ अर्थात मे २९ मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गर्नुभएको थियो ।

नेपाली टिमका नियमित सदस्य भरत खवास, रंजित धिमालसहित अमित तामाङ, सेसेहाङ आङदेम्बे, रबि पासवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ टिमबाट बाहिरिएका छन् भने सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ ।

छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);