इराकमा रहेको नेपाली राष्ट्रिय फुटबल टिम आज कुवेत जादैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

इराकमा रहेको नेपाली राष्ट्रिय फुटबल टिम आज कुवेत जादैं

काठमाडौं । इराकमा रहेको नेपाली राष्ट्रिय फुटबल टिम आज साँझ कुवेत प्रस्थान गर्ने भएको छ ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली टिम कुवेत जान लागको हो ।

नेपाली टिम स्थानीय समय अनुसार साँझ ६ बजे कुवेत प्रस्थान गर्नेछन् । विश्वकप छनोटको तयारीका लागि नेपालले शनिबार फिफा वरीयतामा १ सय ३ औं स्थान माथिको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल इराकसँग ६–२ गोल अन्तरले पराजित भएको थियो । समूह बी मा रहेको नेपालको भने विश्वकपमा छनोट खेल्ने सपना टुंगिसकेको छ ।

यद्दपी बाँकी तीन खेल जिते दोस्रो स्थानमा रहँदै छनोट हुने सम्भावना भने रहेको छ । नेपालको एसियन कपमा छनोट हुने सम्भावना समेत बाँकी रहेको छ । नेपाल समूहको चौंथो स्थानमा रहँदा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ ।

नेपालले अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । एसियाली पवार हाउसविरुद्ध अंक खोस्न सके नेपालले कम्तिमा एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउने छ । अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);