विश्वकप र एसिया कप फुटबलको छनोट अन्तर्गत नेपालले आज चाईनिज ताईपेविरुद्ध खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विश्वकप र एसिया कप फुटबलको छनोट अन्तर्गत नेपालले आज चाईनिज ताईपेविरुद्ध खेल्ने

काठमाडौँ । सन् २ हजार २२ को फिफा विश्वकप र सन् २ हजार २३ को एसिया कपको लागि दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाईनिज ताईपेविरुद्ध खेल्दैछ ।

कुवेतको राजधानी कुवेत सिटीमा नेपाल र ताईपबीचको खेल राति पौने १० बजे सुरु हुनेछ । ताइपेविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । तर, ४५ डिग्री सेल्सियस माथिको कुवेतको गर्मी मौषमले नेपाली टोलीलाई सताएको छ ।

ताइपेसँगको खेल अघि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कुवेतको मौषममा खेल्न दुवै टोलीका लागि कठिन हुने बताउनु भएको छ । प्रशिक्षक अलमुताईरीले ताइपेविरुद्ध जित निकाल्दै एसिया कपमा छनोट हुने सम्भावना जीवित राख्ने लक्ष्य लिएको उल्लेख गर्नुभयो ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर, नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर भने अझै बाँकी रहेको छ । समूह ’बी’ मा नेपाल ५ खेलबाट १ जित सहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताईपेइ ५ खेलबाट अंक विहीन हुदै तालिकाको पुछारमा छ ।

४ खेलबाट शत प्रतिशत १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल र ताइपे अहिलेसम्म दुई पटक भिडेका छन् । पहिलो भेट बराबरमा सकिएको थियो भने दोस्रो भेटमा नेपालले २–० को बाजी मारेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);