टोकीयो ओलम्पिक निर्धारित समयमै हुने आयोजक समितिको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

टोकीयो ओलम्पिक निर्धारित समयमै हुने आयोजक समितिको दावी

एजेन्सी । टोकियो ओलम्पिक आयोजक समितिले जुलाईको अन्तिममा हुने ओलम्पिक अब कुनैपनि हालतमा सार्न वा रद्द गर्न नमिल्ने स्पष्ट गरेको छ । टोकियो ओलम्पिक आयोजक सिमितिकी अध्यक्ष शिको हासिमितोले जुलाई २३ बाट सुरु हुने टोकियो ओलम्पिक कुनैपनि हालतमा सार्न वा रद्द गर्न नमिल्ने स्पष्ट गरेका हुन् ।

अझैपनि कोरोनाको संक्रमण कायम रहेका बेला टोकियो ओलम्पिक गर्नका लागि कठिन रहेको विभिन्न निकायले भनिरहेका बेला आयोजक प्रमुखले भने कुनैपनि हालतमा प्रतियोगिता रद्द वा स्थगित गर्न नमिल्ने स्पष्ट गरेका हुन् । कोरोनाका कारण नै एक बर्ष स्थगित भइसकेको ओलम्पिक फेरी गर्न नहुने आवाज उठिरहेको छ ।

यसका लागि जापानमा अनलाईनबाट नै रद्द गर्नुपर्ने अभियान नै जारी रहेको छ । टोकियो ओलम्पिकमा नेपालबाट चार जना खेलाडी सहभागि हुने पक्का भइसकेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);