सेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ५.६३ अंक बढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

सेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ५.६३ अंक बढी

वैशाख २७, साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ५.६३ अंक बढेको छ ।
योसंगै नेप्से १९६६ अंकमा कायम भएको छ । ११५ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १४ को स्थिर रह्यो । कुल ३ अर्ब १२ करोडको कारोबार भयो ।

होटल तथा पर्यटन समूह भने सबै भन्दा धेरै ३४२ अंक अर्थात ६.९६ प्रतिशत बढेको छ । बैंकिङ ४, विकास बैंक ३२, फाइनान्स १४, हाइड्रोपावर ४ र निर्जीवन बीमा समूह १६ अंक बढे । जीवन बीमा ४३, उत्पादन ७ र माइक्रोफाइनान्स समूह ३८ अंक घटे । धेरै मूल्य बढेका कम्पनीमा पनि होटल तथा पर्यटन समूहकै कम्पनीहरु अगाडि रहे ।

ओरियन्टल होटलको ८.४६, सिटी होटलको ७.९९, सोल्टी होटलको ७.४१, तारागाउँ रिजेन्सीको ६.५६ प्रतिशत मूल्य बढ्यो । त्यस्तै नेपाल बैंकको मूल्य ५.९, नारायणी डेभलपमेन्टको ५.७, चन्द्रागिरि हिल्सको ५.६ तथा कालिन्चोक दर्शनको ५ प्रतिशत मूल्य बढ्यो ।

मूल्य धेरै घट्नेमा सबैको लघुवित्त, विन नेपाल, साधना र मनकामना स्मार्ट लघुवित्त अगाडि रहे ।

यी चारै कम्पनीको ४ देखि ४.७ प्रतिशतसम्म मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, सोल्टी होटल, फस्र्ट माइक्रोफाइनान्स, पोखरा फाइनान्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे । ०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);