सेयर कारोबार ५ महिनायताकै उच्च, घट्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८१, सोमबार

सेयर कारोबार ५ महिनायताकै उच्च, घट्यो नेप्से

काठमाडौं, २५ मंसिर ||
सोमबार कुल ४ अर्ब ८४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम पाँच महिनाकै उच्च हो । यसअघि गत असार १७ गते ५ अर्ब १ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको थियो । त्यसयता कारोबार रकम ५ अर्ब पुग्न सकेको छैन । उच्च कारोबारका बाबजुद सेयर बजार परिसूचक नेप्से भने अघिल्लो दिनको तुलनामा १५.४० अंक घटेको छ । अघिल्लो दिन तीन पटक सर्किट लागेर बजार १११ अंक बढेको थियो । सोमबार कुल ८१ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ३ को स्थिर रह्यो । विकास बैंक समूह सबैभन्दा धेरै २ प्रतिशत घट्यो । त्यस्तै निर्जीवन बीमा समूह भने १.३ प्रतिशत बढ्यो । बैंकिङ १५, विकास बैंक ८०, फाइनान्स २२, होटल तथा पर्यटन ७६, जलविद्युत् १४, जीवन बीमा ७९, अन्य १७ र व्यापार उपसमूह ३१ अंक घटे । निर्जीवन बीमा १४६, माइक्रोफाइनान्स १५ र उत्पादन समूह १३ अंक बढे । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, रिलाबयल नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);