१ अर्ब ३४ करोडको सेयर कारोबार | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

१ अर्ब ३४ करोडको सेयर कारोबार

काठमाडौं, ७ मंसिर ||

बिहीबार सेयर लगानीकर्ताको आकर्षण बीमा कम्पनीहरुमा देखिएको छ । समग्र सेयर बजारको परिसूचक नेप्से जम्मा ०।५३ प्रतिशतले बढ्दा जीवन बीमा समूह ३।३७ प्रतिशतले बढ्यो । त्यस्तै निर्जीवन बीमा समूह १.८६ प्रतिशतले बढेको छ । समग्र बजारको परिसूचक नेप्से ९.८७ अंकले बढेर १८६० विन्दुमा कायम भएको छ । यस दिन १ अर्ब ३४ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । यो कारोबार रकम २५ असोज यताकै उच्च हो । बुधबार १ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कुल १६१ कम्पनीको मूल्य बढ्दा ६७ को घट्यो भने १० को स्थिर रह्यो ।

बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । थ्रीस्टार हाइडोपावर र सिक्लेस हाइड्रोपावरको ८.५, सानिमा रिलायन्स लाइफको ८।२, सानिमा जनरल इन्स्योरेन्सको ६.३ प्रतिशतले मूल्य बढ्यो । सबैभन्दा धेरै मूल्य घट्नेमा नबिल बैंक रह्यो । सो कम्पनीको ८.२ प्रतिशतले मूल्य घटेको छ । कम्पनीले जम्मा ११ प्रतिशत नगद लाभांश घोषणा गरेपछि मूल्यमा भारी गिरावट आएको हो । त्यस्तै किसान लघुवित्तको मूल्य ५.७, सपोर्ट माइक्रोफाइनान्सको ५.३, माहुली लघुवित्तको ४.५ तथा हिमालयन लघुवित्तको मूल्य ३.७ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा नबिल बैंक, सोनापुर मिनरल्स, सानिमा जनरल इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);