सेयर बजार दोहोरो अंकले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२ दशमलव ५३ अंकले बढेर दुई हजार ५२० दशमलव २३ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

बिहीबार चार अर्ब ४९ करोड २ लाख बराबरको कारोबार भएको छ । बुधबार चार अर्ब ५२ करोड ३३ लाख बराबरको कारोबार भएको थियो । बिहीबार सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिष्ट्रिलरी रहेको  छ । यस कम्पनीको ३६ करोड २४ लाखभन्दा बढीको कारोबार भएको छ ।  

बिहीबार कारोबारमा आएका सबै समूहको सूचकमध्ये विकास बैंक, हाइड्रोपावर र फाइनान्सबाहेक सबै समूहको सूचक हरियाे देखिएका छन् । नेप्सेकाअनुसार बिहीबार शिखर इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ६८८ रुपैयाँ पुगेको छ ।

त्यस्तै, बरुण हाइड्रोपावरको सेयर मूल्य पनि नौ दशमलव ३१ प्रतिशतले बढेर प्रतिकित्ता ४९३ रुपैयाँ पुगेको  र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ दशमलव सात प्रतिशतले बढेर प्रतिकित्ता चार हजार ४९८ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । गोर्खाज फाइनान्सको सेयर मूल्यमा सबैभन्दा गिरावट आएको छ । आज यसको सेयर मूल्य छ दशमलव ७४ प्रतिशत भन्दा बढीले घटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);