नेप्सेमा १ सय ८ अंकको पहिरो | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

नेप्सेमा १ सय ८ अंकको पहिरो

nepse down

काठमाडाैं । आइतबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १ सय ८ दशमलव २६ अंकले घटेर बन्द भएको हो ।

बजार खुलेको दुई घन्टा बित्न नपाउँदै नेप्से ५ दशमलव ०३ प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेक लागेको थियो । सर्किट ब्रेक लागेसँगै बजार ४० मिनेटका लागि बन्द भयो ।

आइतबार २२३ कम्पनीका दुई करोड ३० लाख ७९ हजार आठ सय ३२ कित्ता सेयर कारोबार हुँदा ११ अर्ब २४ करोड तीन लाख बराबरको कारोबार भएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह ५१९ दशमलव ४६ र जीवन बीमा समूह ५११ दशमलव ७८ अंकले घटेको हो ।

अरुण भ्याली हाइड्रोको उच्च कारोबार भएको छ । अरुण भ्यालीको ७० करोड ३३ लाख ३० हजार दुई सय रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९ दशमलव ९७ प्रतिशतले बढेको छ । अरु १३ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीका लगानीकर्ता घाटामा गएका छन् । १३ वटा कम्पनीको १० प्रतिशतसहित ३१ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);