सेयर बजारमा करेक्सन : ४१ अंकले बढ्यो नेप्से, कारोबार रकम तीन अर्बमा खुम्चियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सेयर बजारमा करेक्सन : ४१ अंकले बढ्यो नेप्से, कारोबार रकम तीन अर्बमा खुम्चियो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा करेक्सन भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार मंगलबार बजार ४१ दशमलव ८४ अंकले बढेको हो । एक दशमलव ६३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक दुई हजार ६१२ दशमलव ६५ अंकमा उक्लिएको छ ।  सेयर बजारमा  मंगलबार करेक्सन देखिए पनि कारोबार रकम भने निराशाजनक रह्यो ।

मंगलबार २२३ कम्पनीको ५८ लाख ४२ हजार एक सय ३५ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ९९ करोड ६८ लाख १९ हजार ६ सय ८३ रुपैयाँ बराबरको मात्र कारोबार भएको हो ।  नेप्सेका अनुसार मंगलबार शिखर इन्स्युरेन्सको संस्थापक सेयरको उच्च कारोबार भएको छ । शिखरको १३ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको हो । 

सबैभन्दा धेरै फाइनान्स समूह चार दशमलव १६ प्रतिशत अर्थात् ८६ दशमलव ९८ अंकले बढेको छ । मंगलबार बजार बढेको दिनमा ट्रेडिङ समूह मात्र ओरालो लागेको छ । ट्रेडिङ समूह ५६ दशमलव ०५ अंकले घटेको हो । अरु बाँकी सबै समूहमा हरियाली छाएको छ ।

बजारमा करेक्सन आएको दिन मंगलबार विभिन्न सात कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । मल्टिप्रप्रोज फाइनान्स, समता घरेलु लघुवित्त र हिमालय पावरको सेयर मूल्य १०/१० प्रतिशतले बढेको हो ।

त्यसैगरी, मैलुङ खोला जलविद्युत् नौ दशमलव ९७, सिभिल लघुवित्त नौ दशमलव ०४, छ्याङ्दी हाइड्रोपावर नौ दशमलव ८९ र जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य नौ दशमलव ८४ प्रतिशतले बढेको हो । 

त्यसैगरी, एनआईसी एसिया लघुवित्त १० प्रतिशत, रिलायन्स लाइफ तीन दशमलव ३२ प्रतिशत र माउन्टेन इनर्जीको सेयर मूल्य तीन दशमलव ३० प्रतिशतले घटेको हो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);