लाभांश प्रस्ताव पारित गर्न युनिलिभरले बोलायो साधारणसभा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

लाभांश प्रस्ताव पारित गर्न युनिलिभरले बोलायो साधारणसभा

काठमाडौं । युनिलिभर नेपालले लाभांश प्रस्ताव पारित गर्न २८औँ साधारणसभा बोलाएको छ । सञ्चालक समितिले सिफारिस गरे बमोजिम प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कम्पनीले ११ कात्तिकमा वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभाले कम्पनीको परियोजनामा लागेको खर्चको विषयमा छलफल हुनेछ । सेयरधनीको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनमा लागि २५असोजदेखि ११ कात्तिकसम्म बुकक्लोज गर्ने जनाएको छ। कम्पनीले दिने उक्त लाभांश प्राप्त गर्न २४ असोजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै सभामा सहभागिता जनाउन सक्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);