गुराँस लाइफको साधारणसभा १० मंसिरमा, लाभांश प्रस्ताव मुख्य एजेण्डा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गुराँस लाइफको साधारणसभा १० मंसिरमा, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । गुराँस लाइफ इन्स्युरेन्सले १० मंसिरमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न कम्पनीको प्रधान कार्यालय श्रीराज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे आह्वान गरेको हो । कम्पनीको सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि २३ कात्तिकदेखि १० मंसिरसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार २२ कात्तिकसम्म कायम सेयरधनीले उक्त लाभांश पाउने छन् । 

सभामा कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई पाँच दशमलव ५० प्रतिशत बोनस सेयर  र कर प्रयोजनको लागि शून्य दशमलव २८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव छ । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी, अधिकृत पुँजी र जारी पुँजी वृद्धि हुने हुँदा सोहीअनुरुप नियमावली संशाेधन गर्ने लगायतका एजेन्डा छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);