गुराँस लाइफ इन्स्योरेन्सको ८% बोनस शेयर प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गुराँस लाइफ इन्स्योरेन्सको ८% बोनस शेयर प्रस्ताव

Gurans-Life-Insurance

काठमाण्डौ, २ माघ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले २०७३/७४ संचित मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ३० गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

हाल कम्पनीको चुक्तापूँजी रू. ५९ करोड ४० लाख रहेको छ । कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात चुक्तापूँजी रू. ८९ करोड १० लाख पुग्नेछ । प्रस्तावित ८ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुुक्तापूँजी रू. ९३ करोड ८५ लाख पुग्नेछ । यो समाचार आजको अभियान दैनिकमा छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);