आज मिथिला लघुवित्तको हकप्रद निष्कासन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज मिथिला लघुवित्तको हकप्रद निष्कासन

hakprad

काठमाडौं, १७ माघ । मिथिला लघुवित्त वित्तीय संस्थाको हकप्रद आजदेखि निष्कासनमा आउने भएको छ । कम्पनीले २ बराबर १ को अनुपातमा ३ लाख २९ हजार ८ सय ८९ दशमलव ६९ कित्ता हकप्रद विक्रीमा ल्याउन लागेको हो ।

यो हकप्रदमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि माघ १ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । पुस ३० गतेसम्म कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरूले हकप्रदमा आवेदन दिन पाउनेछन् । यो समाचार आजको अभियान दैनिकमा छ ।

केयर रेटिङ नेपालले यो हकप्रदलाई आधारभूत पक्ष कमजोर रहेको जनाउने केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । कम्पनीको अधिकृत पूँजी रू. १० करोड र चुक्तापूँजी रू. ६ करोड ५९ लाख रहेको छ । कम्पनीले हकप्रद शेयर जारी गरी बाँडफाँट पछि चुक्तापूँजी रू. ९ करोड ८९ लाख पुग्नेछ । कम्पनीकोे विक्री प्रवन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

अघिल्लो समाचार

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);