वोमीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

वोमीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

womi

काठमाडौं, ८ फागुन । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले लगानीकर्ताहरुका लागि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । सोमवार सम्पन्न भएको कम्पनीको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । कम्पनीले रू. १० करोड १० लाख ८८ हजार बराबरको चुक्तापूँजीको १ बराबर १ कित्ता हकप्रद शेयर जारी गर्ने भएको हो ।

चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यस कम्पनीको जगेडा कोष रू. ७ करोड ५५ लाख पुगेको छ । साथै, बैंकले रू. २ करोड ६२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४२ प्रतिशत बढी हो । सोहि अवधिमा बैंकले रू. ५० करोड ८३ लाख निक्षेप संकलन गरेको छ । यो समाचार आजको अभियान दैनिकमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);