ग्लोबल आइएमईको फागुन १५ गतेदेखि १५ लाख कित्ता ऋणपत्र निष्कासन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ग्लोबल आइएमईको फागुन १५ गतेदेखि १५ लाख कित्ता ऋणपत्र निष्कासन

global ime bank

काठमाडौं, ८ फागुन । ग्लोबल आइएमई बैंकले फागुन १५ गतेदेखि १५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । जसमध्ये ३० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याए पनि ३ हजार कित्ता बाँडफाँट भएको छ । बैंकले सामुहिक लगानी कोषले नकिनेको समेत गरेर ५ लाख ९७ हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि विक्री गर्नेछ । बाँकी रहेको ९ लाख कित्ता ऋणपत्र बैंकले अन्य संघ सस्था तथा कम्पनीले विक्री गर्नेछ ।

बैंकले १० दशमलव २५ प्रतिशत ब्याज दरमा २०८०/८१ मा ऋणपत्र परिपक्व हुनेछ । आवेदकले ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम ७५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा फागुन १९ र ढिलोमा चैत १४ रहेको छ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ साथै धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन सक्नेछन् । बैंकले जारी गर्न लागेको ऋणपत्रलाई केयर रेटिङ नेपालले औषत कर्जा जोखिम जनाउने इक्रा एनपी आइआर ए रेटिङ दिएको छ । यो समाचार आजको अभियान दैनिकमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);