अन्सारीको नागरिकता छानबिनमा, शैक्षिक प्रमाणपत्र पनि नक्कली ! | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अन्सारीको नागरिकता छानबिनमा, शैक्षिक प्रमाणपत्र पनि नक्कली !

samim-ansari

काठमाडौं, ८ फागुन । संसदीय सुनुवाइ विशेष समितिले मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भएको छ । अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी परेपछि समितिले विभिन्न सरकारी निकायमा पत्राचार गरी वास्तविकता बुझ्ने निर्णय गरेको छ।

मंगलबारको बैठकले अन्सारीका शैक्षिक प्रमाणपत्र र नागरिकता छानबिन गर्ने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। अन्सारीको नागरिकताबारे जिल्ला प्रशासन कार्यालय काठमाडौं, शैक्षिक प्रमाणपत्रबारे संवैधानिक परिषद् र पार्टी सदस्यताबारे निर्वाचन आयोगलाई वास्तविक विवरण पठाउन पत्राचार गर्ने निर्णय भएको समिति सदस्य योगेश भट्टराईले जानकारी दिए। समिति बैठकमा सांसद भट्टराई, अमृता थापामगर, पूर्णाकुमारी सुवेदी र राजेन्द्र श्रेष्ठले अन्सारीबारे बुझ्न सम्बन्धित निकायबाट थप कागजात माग गर्न प्रस्ताव गरेका थिए।

समितिमा अन्सारीविरुद्ध ४ उजुरी परेका थिए। सबै उजुरीकर्ता बोलाइए पनि एक जना मात्र उपस्थित भएर उनीविरुद्ध बोलेका थिए। अन्सारीको जन्म भारतमा भएको तर उनले नेपालमा नक्कली आमाबुवा बनाएर काठमाडौंबाट नागरिकता लिएको उजुरी समितिमा परेको छ। भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्लाको पहाडपुर थानाग्राममा उनको जन्म भएको उजुरीकर्ताको दाबी छ । यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छपिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);