एक अर्बको ऋणपत्र जारी गर्न गरिमा विकास बैंकलाई धितोपत्र बोर्डको अनुमति | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

एक अर्बको ऋणपत्र जारी गर्न गरिमा विकास बैंकलाई धितोपत्र बोर्डको अनुमति

काठमाडौं । गरिमा विकास बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रति इकाई एक हजार रुपैयाँ अंकित दरका एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

बैंकले जारी गर्ने सात वर्ष अवधिको गरिमा डिबेञ्चर-२०८५ मा लगानी गर्ने लगानीकर्ताले वार्षिक आठ दशमलव ७५ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन् ।यसमध्ये चार लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । बाँकी छ लाख कित्ता भने बैंकले स्वेच्छाले अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);