राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ८ वर्षे ‘विकास ऋणपत्र २०८५’ “घ” जारी गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ८ वर्षे ‘विकास ऋणपत्र २०८५’ “घ” जारी गर्ने

nepal rastra bank

काठमाडाैं, १० फागुन । राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ८ बर्षे ‘विकास ऋणपत्र २०८५’ “घ” जारी गर्न लागेको छ । फागुन ११ गते गोप्य शिलबन्दी बोलपत्रका माध्यमबाट सो ऋणपत्र बिक्रि गरिने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य राखेर सो ऋणपत्र जारी गर्ने भएको हो । ऋणपत्रको ब्याजदर भने बालकबोलको माध्यमबाट निर्धारण गरिने बैंकले जनाएको छ ।

मंगलबार देखि निष्काशन हुने सो विकास ऋणपत्र भने ८ बर्षमा परिपक्क हुनेछ । वीत्तीय प्रणालीमा देखिएको अधिक तरलताका कारण यसको ब्याजदर पनि यसभन्दा अघिल्लो विकास ऋणपत्रमा तय भएको कट अफ रेटको हाराहारीमा नै हुने श्रोतको भनाई रहेको छ ।

सो ऋणपत्र धितोपत्रको दोस्रो बजारमा कारोबारका लागी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);