सुनको मूल्य उकालो लाग्न सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुनको मूल्य उकालो लाग्न सुरु

काठमाडौं, ११ फागुन । मंगलबार सुनको मूल्य तोलामा रु १ हजार १ सयले बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघले मगंलबार प्रतितोला ९० हजार १ सय रुपैँया कायम गरेको छ । आईतबार र सोमबार सुन प्रतितोला ८९ हजार ९ सय रुपैँयामा कारोबार भएको थियो ।

यस्तो तेजाबी सुन मूल्य पनि मंगलबार १ हजार १ सय रुपैँयाले नै बढेको छ । सोमबार तोलामा रु ८८ हजार ५ सय ५० मा कारोवार भएको तेजाबी सुन मंगलबार ८९ हजार ६ सय ५० निर्धारण गरिएको छ ।

चाँदीको मूल्य भने मंगलबार २५ रुपैँयाले बढेको छ । सोमबार प्रतितोला १ हजार ३ सय ३५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य महासंघले १ हजार ३ सय ६० कायम गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);