भारतीय सेतो अण्डाको आयतले नेपाली व्यवसायी मर्कामा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भारतीय सेतो अण्डाको आयतले नेपाली व्यवसायी मर्कामा

सर्लाही, ११ फागुन । सर्लाहीमा भारतीय सेतो अण्डाको विक्री वितरण बढेसँगै स्थानीय अण्डा व्यवसायी मर्कामा परेको छन् । आयात गरिएका अन्डा भेटिएमा नष्ट गर्न प्रशासनले निर्देशन दिएपनि प्रभावकारी अनुगमन नहुँदा नेपाली अण्डा व्यावसाय अप्ठेरोमा परेको हो ।

खुल्ला सिमानाका कारण गैरकानुनी रुपमा भारतबाट अवैध रुपमा नेपाल भित्रिएका सेतो अण्डाका कारण सर्लाहीका व्यवसायीहरु मारमा परेका छन् । भारतीय सेतो अण्डा सस्तो हुने भएकाले स्थानीय उत्पादनका अण्डा बिक्री हुन छोडेका छन् ।

पटक पटक नियन्त्रणका लागी स्थानीय प्रशासनसँग आग्रह गरेपनि यसको बिक्री वितरणमा रोक लगाउन स्थानीय प्रशासन र सरोकारवाला निकायबाट प्रभावकारी पहल नभएको पोल्ट्री व्यावसायीको गुनासो छ ।

बजारमा भारतीय अण्डाहरु छ्याप्छ्याप्ती भएपछि सर्लाहीका सिमावर्ती बजार क्षेत्रमा नेपाली अण्डाको बिक्री हुन छाडेको छ । यसबाट नेपाली व्यवसायीहरुलाई ठुलो आर्थिक घाटा व्यहोर्नुपरेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट समेत बर्डफ्लु लगायतका कारण भारतबाट भित्रिने कुखुरा, चल्ला र अण्डाजस्ता सामाग्री माथि पुर्ण रोक लगाउन, अबैध तरिकाले भित्रिने एग्रो जन्य पदार्थ कुखुरा, अन्डा तुरुन्त नस्ट गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई लिखित आदेश दिएपनि कार्यान्वयन प्रभावकारी हुन सकेको छैन ।

अबैध रुपमा भित्रिने अण्डालाई रोक्न चाँडो स्थानीय प्रशासन र सरोकारवालाको रोहवरमा बजार अनुगमन हुनुपर्ने पोल्ट्री फर्मका संचालकहरुले माग गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);