अण्डा शाकाहारी या मांशहारी ? वैज्ञानिकले पत्ता लगाए यस्तो जवाफ | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

एजेन्सी, १९ मंंसिर । पहिले अण्डा या कुखुरा ? अण्डा मांशहारी या शाकाहारी ? जस्ता विषयमा दिनहुँ तर्क वितर्क हुने गरेका छन् । यदि अण्डा कुखुराले नै दिने हो भने अण्डा कसरी शाकाहारी भयो भन्ने लाग्ने स्वभाविक हो । कतिपय शाकाहारी मानिसले अण्डालाई मांशहारी मानेर खाँदैनन् । वास्तवमा अण्डा शाकाहारी हो या मांशहारी भन्ने जवाफ अब बैज्ञानिकले पत्ता लगाएका छन् ।

अण्डा शाकाहारी वा मांशहारी ?
कुखुराले दिने भएकै कारण अण्डा मांशहारी सोचेर खाँदैनन् तर विज्ञानको तर्क यो छ कि जनावरले दिने दूध चाहिँ कसरी शाकाहारी भयो ?

वैज्ञानिकका अनुसार बजारमा उपलब्ध हुने अण्डा ‘अनफर्टिलाइज्ड’ हुन्छन् । अर्थात यस्ता अण्डामा चल्ला निकाल्न सक्ने क्षमता हुँदैन । त्यसैले अण्डा मांशहारी होइन । अण्डाका बारेमा गरिएको अनुसन्धानका अनुसार अण्डाको सेतो भागमा प्रोटिन पाइन्छ भने पहेँलो भागमा प्रोटिनको साथै कोलस्ट्रोल र फ्याट पाईन्छ ।

अण्डाबाट चल्ला निकाल्नको लागि पोथी कुखुरा र भालेको सम्पर्क आवश्यक छ, जहाँ ‘ग्यामीट सेल्स’को उपस्थिती हुन्छ । यद्यपी भालेविना नै कुखुराले अण्डा दिन सक्ने भएका कारण बजारमा पाईने अण्डा ‘अनफर्टिलाईज्ड’ हुन्छन् । त्यसैले वैज्ञानिक भन्छन् – बजारमा पाईने अण्डा शाकाहारी हो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);