जमीन र पानी दुवैमा अवतरण गर्न सक्ने संसारकै ठूलो विमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

चीनले जमीन र पानी दुवैमा अवतरण गर्न सक्ने संसारकै ठूलो विमानको उडान सफलतापूर्वक पूरा गरेको छ । चिनियाँ संचारमाध्यमका अनुसार बोइङ ७३७ को आकारको उक्त एजी ६०० विमानमा चारवटा ‘टर्बोप्रप’ इन्जिन छन् । विमानले ५० यात्रु बोक्न सक्ने र १२ घण्टासम्म उड्न सक्ने बताइएको छ । ‘कुनलोङ्’ नाम दिइएको उक्त विमान सो क्षेत्रमा चीनले आफ्नो भाग भनी दावी गरेको सबैभन्दा दक्षिणी कुनासम्म पुग्न सक्छ ।

सरकारी सञ्चारमाध्यम सिन्ह्वाले उक्त विमानलाई समुद्र र द्वीपहरुको ‘संरक्षक’का रुपमा चित्रण गरेको छ ।

विमान बनाउन आठ वर्ष लगाइएको थियो । त्यसले साढे ५३ टनसम्मको भार लिएर उड्न सक्नेछ । विमानको पखेटाको एउटा कुनाबाट अर्कोसम्मको दूरी करिब ३९ मिटर अर्थात् १२७ फिट छ ।

अर्बपति होवार्ड ह्युजको प्रख्यात उड्ने डुंगा त्योभन्दा ठूलो भएपनि विमान यो नै पहिलो हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);