सौर्य एयरलाइन्सको भैरहवा काठमाण्डौँ उडान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सौर्य एयरलाइन्सको भैरहवा काठमाण्डौँ उडान सुरु

विवेक विश्वकर्मा भैरहवा, ३१ चैत । सौर्य एयरलाइन्सले बिहिवारदेखि भैरहवा काठमाडौँ दैनिक उडान सुरु गरेको छ ।
मुलुकको ५ वटा शहरबाट सेवा दिदै आएको एयरलाइन्सले बिहिवार देखि भैरहवाबाट सेवा प्रदान गर्न सुरु गरेको हो ।
एयरलाइन्सले भैरहवा काठमाडौका लागि प्रत्येक दिन बिहान ९ बजेर १० मिनेट उडान भर्ने एयरलाइन्सले जनाएको

सौर्य एयरलाइन्सको भैरहवा काठमाण्डौँ उडान सुरु

 

 

विवेक विश्वकर्मा भैरहवा, ३१ चैत । सौर्य एयरलाइन्सले बिहिवारदेखि भैरहवा काठमाडौँ दैनिक उडान सुरु गरेको छ । मुलुकको ५ वटा शहरबाट सेवा दिदै आएको एयरलाइन्सले बिहिवार देखि भैरहवाबाट सेवा प्रदान गर्न सुरु गरेको हो । एयरलाइन्सले भैरहवा काठमाडौका लागि प्रत्येक दिन बिहान ९ बजेर १० मिनेट उडान भर्ने एयरलाइन्सले जनाएको छ । २ वर्षअघि स्थापनाको चरणमा भैरहवा काठमाडौँ सेवा सुरु गरेको एयरलाइन्सले विमान अनुसारको भैरहवा बिमानस्थलमा आई.एफ.आर एपरोच नभएको कारण दुई महिनामा आफ्नो सेव बन्द गर्नुपरेको एयरलाईन्सका मार्केटिङ प्रमुख मुकेश खनालले जानकारी दिए ।

 

एयरलाइन्सले अगामी महिना भित्र एक नयाँ जहाज थपे सँगै नियमित रुपमा भैरहवा कामाण्डौँ दैनिक दुई उडान भर्ने एयरलाईन्सका प्रबन्धक निर्देशक गोपाल भट्टराईले जानकारी दिए । उनले क्यानेडाको बोम्वार्डियर कम्पनीमा निर्मित ५० सिट क्षमता भएको सिआरजे २०० सिरिजको जहाज यात्रुहरुका लागि निकै सुरक्षित र आरमदायि रहेको दावी गरे । काठमाडाँै–भैरहवा सहित काठमाडौँ नेपालगञ्ज, काठमाडाँै भद्रपुर र काठमाडौँ विराटनगर सेवा प्रदान गर्दै आएको एयरलाईन्सले छिट्टै थप एक विमान आएसँगै काठमाण्डौ धनगढी पनि उडान भर्ने प्रबन्धक निर्देशक भट्टराईले बताए ।

 

एयरलाइन्सको भैरहवा स्टेशन ईन्चार्ज नितिनकुमार श्रीवास्तवले जेट इन्जिन जडान गरिएको सौर्यको विमानले अन्य विमानको तुलनामा कम समयमा (१९ देखि २२ मिनेटमा) भैरहवा देखि काठमाण्डौ पुगिने दावी गरे । ४१ हजार फिट माथिसम्म उड्न सक्ने क्षमता भएको उक्त विमान साढे चार घण्टासम्म निरन्तर रूपमा उड्न सक्ने एयरलाईन्सले दावी गरेको छ । विमानमा यात्रा गर्दा ध्वनि प्रदुषणरहित रहेको एयरलाईन्सले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);