प्राधिकरणले नयाँ आउने अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुलाई उडान अनुमति रोक्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्राधिकरणले नयाँ आउने अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुलाई उडान अनुमति रोक्ने

काठमाडौं, २९ माघ । नेपाल नागरिक उडड्यन प्राधिकरणले नयाँ आउने अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुलाई उडान अनुमति रोक्ने तयारी गरेको छ । प्राधिकरणले पूर्वाधार अभाव भएको भन्दै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा नआएसम्म नयाँ कम्पनीलाई एओसी नदिने तयारी गरेको हो ।

हाल निजी क्षेत्रबाट अल्पाइन एयर, बीबी एयरवेज र सिम्रिक एयरलाइन्स नयाँ एओसी लिने तयारीमा रहेका छन् । प्राधिकरणले पर्किङ वे तथा अन्य पूर्वाधार खडा गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको भन्दै एओसी रोक्ने तयारी थालेको हो । अल्पाइन एयरले सन् १९९८ मा एओसी लिएको थियो भने बीबी एयरवेजले सन् २०१२ मा एओसी लिएको थियो । दुवै एयरलाइन्स कम्पनीले बीचमा उडान रोकेपछि खारेज भएको थियो । उक्त दुई एयरलाइन्सको इजाजत भने नविकरण हुदै आएको छ ।

बीबीले भर्खर मात्र नेपाल वायुसेवा निगमको बोइङ ७५७ सिरिजको जहाज लिलामीमा खरिद गरेको छ । भने अल्पाइन नयाँ जहाज खरिद प्रक्रियामा रहेको छ । यता श्री एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडानको लागि अनुमति माग्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा निवेदन दिएको छ । मन्त्रालयले लाइसेन्स दिएपनि प्राधिकरणले नयाँ एयरलाइन्सलाई एओसी रोक्ने तयारीमा छ । कुनै पनि एयरलाइन्सले ५ वर्ष आन्तरिक उडान भरेमा सिधै लाइसेन्स दिने व्यवस्था रहेको छ । हाल नेपालमा २७ वटा विदेशी एयरलाइन्स कम्पनीहरुले उडान भर्दै आएका छन् । भने नेपालका नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले मात्रै उडान भर्दै आएका छन् । बुद्धले भने चार्टर उडान मात्रै भर्ने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);