अण्डा पार्ने चट्टान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

अण्डा पार्ने चट्टान

egg chattan

काठमाडौं, २६ बैशाख । छिमेकी मुलक चीनमा एउटा अण्डा पार्ने चट्टान छ । देशको दक्षिण पश्चिमी प्रान्त गिझोउमा रहेको त्यो चट्टानले हरेक ३० वर्षमा अण्डा पार्ने गरेको छ ।

२० मिटर अग्लो तथा ६ मिटर चौडा त्यो ढुंगाको नाम चन दन या हो । यसको अर्थ अण्डा पार्ने ढुंगा भन्ने हुन्छ । ढुंगाको रङ कालो रहेको छ । हरेक ३० वर्षमा यो ढुंगाबाट एउटा अण्डा आकारको सानो ढुंगा निस्कने गरेको छ ।

यो अण्डा पार्ने ढुंगा चीनमा एउटा रहस्यको रुपमा रहेको छ । स्थानीय मानिसहरु यो अण्डा पार्ने ढुंगालाई खुसीको प्रतिक मान्छन् । यो ढुंगाबाट निस्किएको अण्डा आकारको ढुंगा भुइँमा खसेसँगै मानिसहरुले आफ्नो घरमा लैजान्छन् ।

वैज्ञानिकहरुका अनुसार यो चट्टान ५० करोड वर्ष पूरानो हो । पृथ्वीको इतिहासमा क्याम्ब्रियन कालको चट्टान मानिन्छ यसलाई । विषम मौसमका कारण चट्टान खुम्चने र फैलिने कारणले चट्टानको आन्तरिक समिकरण तथा तत्वमा परिवर्तन हुँदा चट्टानको बाहिरी भागमा विभिन्न आकृतिका चट्टान निस्किने गरेको हुनसक्ने वैज्ञानिकहरुको मत छ ।

एजेन्सी

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);