लापर्बाहीले मासिँदै छ पहिलो चट्टान अभिलेख | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लापर्बाहीले मासिँदै छ पहिलो चट्टान अभिलेख

chhatan abhilekh

भक्तपुर, २७ भदौ ।  चाँगुनारायण नगरपालिका–९ ताथलीको हलाल गाउँमा अवस्थित चट्टान अभिलेख मासिने सँघारमा पुगेको छ । १७औं शताब्दीमा सादा चट्टानमा लेखिएको नेपालको पहिलो अभिलेख मासिने सँघारमा पुगेको हो ।

चट्टानमा लेखिएको यो नेपालमा हालसम्म प्राप्त पहिलो अभिलेख भए पनि संरक्षणको अभाव र स्थानीयको लापर्बाहीले मासिने सँघारमा पुगेको अभिलेख पत्ता लगाउने मुना केसी बताउँछिन् ।

पुरातात्विक महत्व बोकेको वासुकी ढुंगा खुला आकाशमुनिको खुला संग्रहालय हो । ‘तर यो पुरातात्विक महत्वको चट्टानको लिखत मानव अतिक्रमणका कारण लोप हुने सँघारमा पुगेको छ,’ केसी भन्छिन् ।

अभिलेख लेखिएको चट्टानभन्दा माथिका ढुंगा निकालेका कारण पानी सिधै अभिलेख भएर बग्न थालेको छ । जसले अभिलेख नष्ट हुने र अभिलेख भएको भन्दा तलका ढुंगा निकाल्दा मुख्य ढुंगा नै बग्न सक्ने तथा टुट्न सक्ने अवस्थामा पुगेको छ ।

स्थानीय निकायले नेपालको पहिलो चट्टान अभिलेखका रूपमा रहेको उक्त स्थानको संरक्षण गर्नुपर्नेमा उल्टै खानेपानी तथा सिँचाइका लागि आवश्यक पानीसमेत सोही स्थानमाथिबाट लगेका कारण पनि यो मासिने सँघारमा पुगेको हो ।

एकै चट्टानमा लेखिएको अभिलेख नष्ट भएमा इतिहासको एउटा पाटो नै समाप्त हुने संस्कृतिविद् रञ्जनकुमार दुलाल बताउँछन् । हाल जोखिम अवस्थामा पुगेका अभिलेख नेपाल संवत् ७७७, ७६९ र ७७५ का हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);