आत्महत्या न्यूनीकरण गर्न कीटनाशक विषादीमा प्रहरीको निगरानी, विषादी किन्नेको अभिलेख राखिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आत्महत्या न्यूनीकरण गर्न कीटनाशक विषादीमा प्रहरीको निगरानी, विषादी किन्नेको अभिलेख राखिँदै

भैरहवा । जिल्ला प्रहरी कार्यालय भैरहवाले कृषि तथा पशु उपचारमा प्रयोग हुने कीटनाशक विषादी बेचबिखनकर्ताको निगरानी बढाएको छ । कार्यालयले रुपन्देहीमा कृषि तथा पशु उपचारमा प्रयोग हुने कीटनाशक विषादी बेचबिखन गर्ने एक सय सात वटा कृषि र पशुजन्य क्लिनिक, एग्रोभेट, केन्द्र र भेटरीनरीको अनुगमन गर्दै बिक्री वितरणको अभिलेख राख्न निर्देशन दिएको हो । 

कृषि र पशुजन्य उपचारमा प्रयोग हुने विषादी सेवनले जिल्लामा आत्महत्या गर्ने व्यक्तिको तथ्यांक बढेकाले अत्महत्याको घटना न्यूनीकरण गर्न यी कामको थालनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले बताए ।

कार्यालयका अनुसार नौवटा इलाका प्रहरी कार्यालय, दुई वटा वडा प्रहरी कार्यालय र एउटा प्रहरी चौकी अन्तर्गत रहेका एक सय सात वटा विषादी बेचबिखनका क्लिनिक, एग्रोभेट र भेटरीन गरी पत्ता लागेकाले ती स्थानबाट नै विषादीको गलत प्रयोग रोक्न प्रत्यक्ष अनुगमन र बिक्रीवितरणको अभिलेख राखी सम्बन्धित व्यक्तिलाई मात्र बिक्रीवितरण गर्ने व्यवस्थाको सुरुवात गरेकोे छ ।

आव २०७८/०७९ को साउन महिनामा ३३ जना र भदौमा ६६ जना गरीा ९९ जना व्यक्तिले सल्फास, आल्मुनियम फोस्फेट, ओप-एल्पाइन र साइपभिटामिन बी कम्प्लेक्सलगायतका बिषादीको प्रयोग गरेको देखिएको कार्यालयले जानकारी दिएको छ । 

रूपन्देही प्रहरीले आत्महत्या न्यूनीकरण कार्ययोजना (थ्री सर्कल) अवधारणा ल्याएको छ । सो अवधारणा कार्यान्वयन गर्ने क्रममा विषादी बेचबिखन गर्ने ठाउँलाई लक्षित गरिएको प्रहरी प्रमुख केसीले बताए । असम्बन्धित व्यक्तिलाई विषादी बेचबिखन गर्ने र त्यो विषादी आत्महत्याका लागि प्रयोग हुने गरेको पाइएपछि कडाइ गर्न थालिएको हो । यो अवधारणामा भारतबाट ल्याइने विषादी र ती विषादी कहाँ कसरी प्रयोग हुन्छन् भन्ने अनुगमन पनि भइरहेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);