'कृषि बालीमा विषादीको प्रयोग मापदण्ड र नियम विपरित' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

‘कृषि बालीमा विषादीको प्रयोग मापदण्ड र नियम विपरित’

bishadi

काठमाडौं, १७ साउन । विषादी विज्ञले नेपालको कृषि बालीमा विषादीको प्रयोग मापदण्ड अनुसार नहुँदा वातावरण र मानविय जीवनमा असर पर्ने गरेको बताएका छन । नेपालमा मापदण्ड र नियम विपरित कृषि बालीमा विषादीको प्रयोग हुँदा वातावरणमा पर्ने असर विकशित देशहरुमा भन्दा उच्च रहेको विज्ञको भनाई छ ।

विषादीलाई औषधिको रुपमा प्रयोग गरिने सोचलाई परिवर्तन गर्नुपर्ने उनीहरुको जोड छ । तथ्याङ्क अनुसार विकशित देशहरुमा प्रतिहेक्टर २ किलो भन्दा बढी विषादीको प्रयोग हुन्छ । नेपालमा प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी खपत हुने गरेको अनुमान छ । जुन अत्यन्तै कम हो । तर कम विषादीको प्रयोग हुँदापनि मापदण्ड अनुसार नहुँदा नेपालको वातावरण र जनसंख्यामा नकारात्मक असर पर्ने गरेको छ ।

कृषि बालीमा किरा लागेपछि विषादीको प्रयोग गर्नै पर्छ भन्ने सोचलाई बदल्नुपर्ने र यसको विकल्प खोज्नुपर्नेमा उनीहरुको जोड छ । खुला सीमाका कारण कतिपय प्रतिबन्धित विषादी नेपाल भित्रिन सक्ने भन्दै त्यसतर्फ सरकार र किसान सतर्क हुनुपर्ने विज्ञहरुको सुझाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);