खेतीमा विषादी प्रयोग गर्दा सवैभन्दा बढी असर गर्भवतीलार्इ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

खेतीमा विषादी प्रयोग गर्दा सवैभन्दा बढी असर गर्भवतीलार्इ

१३ फाल्गुन काठमाडैं । विषादी प्रयोग गरेको तरकारी तथा फलफूल सेवनले सबैभन्दा बढी असर गर्भवती महिलालाई हुने गरेको अध्ययनले देखाएको छ ।

खेतीमा विषादी प्रयोग गर्दा सवैभन्दा बढी असर गर्भवतीलार्इ

१३ फाल्गुन काठमाडैं । विषादी प्रयोग गरेको तरकारी तथा फलफूल सेवनले सबैभन्दा बढी असर गर्भवती महिलालाई हुने गरेको अध्ययनले देखाएको छ ।

नेपालमा पछिल्लो समयमा बढ्दै गएको विषादीको प्रयोगले गर्भवती महिला र नवजात शिशुमा नै क्यान्सर देखिएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले जानकारी गराउनुभएको छ । महिलालाई क्यान्सर हुने, गर्भपतन हुनसक्ने, बच्चा अपाङ्ग हुने, सुस्तः मनस्थिति बन्ने लगायतका खतरा विषादीको प्रयोगका कारण हुने गरेको विषादी बिक्रेता तथा सरोकारवालासँग विषादीको प्रयोग अवस्था र सोको नकारात्मक असरबाट बच्ने उपाय विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

८० प्रतिशत किसान केही समस्या हुने बित्तिकै एग्रोभेटमा जाने गरेकाले एग्रोभेट सञ्चालक दक्ष हुनुपर्ने वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले बताउनुभयो । किसानले तरकारी तथा फलफूलमा विषादी प्रयोग गर्दा मास्क, पन्जा लगाउने, विषादी राखेको बारीनजिक चुरोट नखाने, हात राम्रोसँग साबुनपानीले धुने गर्दा विषादीको असर कम पर्ने विज्ञको सुझाव रहेको छ । यसबाट किसान महिलालाई क्यान्सर भएको छ भने पुरुष प्यारालाइसिस जस्ता रोगको सिकार बनेका छन् । विषादीबाट मुख्य असर किसानलाई नै पर्ने हुन्छ । 

तरकारी र फलफूलमा विषादी आवश्यक भएपनि सहीरुपमा प्रयोग नगर्दा खतरा बढेको हो । विश्वका अन्य देशको तुलनामा विषादी प्रयोगको मात्रा नेपालमा कम भए पनि व्यवस्थित नहुँदा किसान तथा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको हो । नेपालमा प्रतिहेक्टर एकसय ४२ ग्राम रासायनिक विषादी प्रयोग भएको छ । जुन परिमाणको हिसाबले अन्य देशमा भन्दा निकै कम रहेको छ । भारतमा प्रतिहेक्टर तीनसय ८१ ग्राम, चीनमा दुई किलो २५ ग्राम, अमेरिकामा एक किलो नौ ग्राम, जापानमा १० किलो आठ ग्राम र सबैभन्दा धेरै दक्षिण कोरियामा १६ किलो पाँच सय ५५ ग्राम विषादी प्रयोग हुने गरेको छ ।

ती मुलुकमा विषादीलाई व्यवस्थित रुपमा प्रयोग गर्दा किसानले राम्रो उत्पादन गर्न सफल भएका छन् भने उपभोक्ताले पनि स्वस्थकर तरकारी तथा फलफूल सेवन गर्न पाएका उहाँले बताउनुभयो । विषादी प्रयोग गर्दा प्रत्यक्ष असर किसानलाई पर्ने भए पनि अधिकांश किसान अनभिज्ञ रहेका छन् । नेपालमा विषादीको प्रयोगका लागि जनचेतनामा कमी रहँदा समस्या आएको हो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);