रासायनिक विषादी घट्दै, जैविकमा आकर्षण बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

रासायनिक विषादी घट्दै, जैविकमा आकर्षण बढ्दै

bisadi

काठमाडौं, २९ बैशाख । पाँच वर्ष अघि तरकारीमा विषादीको जाँच सुरु गर्दा बजार पुगेका तरकारीमा ९० प्रतिशतसम्म विषादी पाइयो । यो विषय सार्वजनिक भएपछि किसान उपभोक्त दुवै सचेत भए । विषादीको प्रयोगमा कमी आयो । जैविक विषादी प्रयोग बढ्न थाल्यो । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

अग्र्या्निक (प्राङ्गगारिक) तरकारी खेतीले माटो गुणस्तर सुधार हुन्छ । मूल्य पनि राम्रो पाइन्छ । स्वास्थ्यमा असर गर्दैन । त्यसकारण किसान रासायनिक मल तथा विषादीको प्रयोग नगरी अग्र्या्निक खेतीतर्फ अकर्षित हुन थालेका छन् । सरकारले पनि रासायनिक विषादीको साटो जैविक विषादीलाई प्राथमिकता दिएको छ ।

जैविक विषादी ठीक
कृषि मन्त्रालयअन्तर्गत विषादी व्यवस्थापन केन्द्रका बरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदी सरकार रासायनिक विषादीको प्रयोगलाई कम गर्ने र जैविक तथा वनस्पतिजन्य विषादीलाई प्रवद्र्धन गर्नेगरी काम गर्दै आएको बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);