डडेल्धुरामा किरा र रोगबाट बाली जोगाउन अत्यधिक बिषादीको प्रयोग | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

डडेल्धुरामा किरा र रोगबाट बाली जोगाउन अत्यधिक बिषादीको प्रयोग

बिषादीको प्रयोग

बिमल जैरु

डडेल्धुरा, १३ जेठ । पछिल्लो समय डडेल्धुरामा किरा र रोगबाट बाली बचाउनका लागि अत्यधिक मात्रामा बिषादीको प्रयोग हुन थालेको छ । विषादीले पार्न सक्ने नकारात्मक असरहरुका बारेमा अज्ञानताका कारण डडेल्धराका उपभोक्ताहरु दिनहुँ मन्द बिष सेवन गर्न बाध्य छन् ।

अन्नबाली, फलफुल तथा तरकारीको उत्पादन बृद्धि गर्न तथा किरा लाग्नबाट बचाउनका लागि विभिन्न किसिमका बिषादीहरुको प्रयोग हँुदै आएको छ । किसानलाई विषादीले मानव शरीरमा पार्न सक्ने असरकावारेमा ज्ञान नहुँदा बढी उत्पादन हुने आशामा तरकारीमा कडा खालको विषादी प्रयोग गर्ने गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले वताउनु भयो ।

आलु, गोलभेंडा, काउली, भ्यान्टा, सिमी, काँक्रा, लौका लगायत दैनिक उपभोग्य तरकारीमा किसानले कडा खालको विषादि प्रयोग गर्दै आएका छन् । विषादीले मानव शरीरमा पार्न सक्ने असरकावारेमा ज्ञान नभएको किसान बताउँछन् । विषादियुक्त तरकारी खाँदा मुटुरोग, स्वासप्रस्वास, छाला सम्वन्धी रोग, मिर्गौला, क्यान्सर लगायत जटिल रोग लाग्न सक्ने डडेल्धुरा अस्पतालका डा. जितेन्द्र कँडेल बताउनु हुन्छ ।

किसानमा ज्ञानको अभावका साथै बढी उत्पादन गर्ने सोचका कारण यहाँका उपभोक्ता दैनिक मन्द विष सेवन गर्न बाध्य भएका छन् । बढी उत्पादनको नाममा कीरा तथा रोग रोक्न भइरहेको अत्यधिक विषादी प्रयोग अहिले स्वास्थ्यका हिसावले जोखिमपूर्ण र चुनौती बनिरहेको छ । यस्ता विषादीको प्रयोगलाई रोकी किसानलाई अर्गानिक तरकारी तथा फलफुल उत्पादन गराउनतर्फ किसानलाई उत्प्रेरीत गराउन जरुरी देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);