आवश्यक मापदण्ड तथा स्वास्थ्य सुरक्षा अपनाएर समुदायमै कक्षा सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आवश्यक मापदण्ड तथा स्वास्थ्य सुरक्षा अपनाएर समुदायमै कक्षा सञ्चालन

दाङ,१७ साउन । गत चैतदेखि बन्द रहेका विद्यालयहरु अहिलेसम्म संचालनमा आउन सकेका छैनन् । तर दाङको एक स्थानीयतहले पहिलो पटक समुदाय स्तरमै शिक्षक परिचालन गरी प्रारम्भिक रूपमा कक्षा सञ्चालन गरेको छ ।

बैकल्पिक बिधीबाट शिक्षण गर्दा प्रभावकारी नभएको कारण दाङको राप्ती गाउँपालिकाले समुदायमा पुगेर सानोसानो समुहमा कक्षा सञ्चालन थालेको छ । आवश्यक मापदण्ड तथा स्वास्थ्य सुरक्षा अपनाएर समुदायमै कक्षा सञ्चालन गर्न थालिएको हो ।

लामो समयदेखि विद्यालय बन्द हुँदा प्रभावित बनेको शिक्षणका लागि दाङमा नयाँ तरिका अवलम्वन गरिएको छ । दाङको राप्ती गाउँपालिकामा समुदाय पुगेर सानोसानो समुहमा कक्षा सञ्चालन गरिन थालेको छ ।

अनलाईन, दुरशिक्षा लगायतका बैकल्पिक तरिकाबाट कक्षाहरु सञ्चालन भईरहेको भएपनि सो प्रभावकारी नभएको भन्दै समुदायमै पुगेर पठन पाठनलाई सुचारु गर्न यस्तो अभ्यास थालिएको हो ।

सामुदायिक र संस्थागत दुवै विद्यालयका शिक्षकहरूलाई समुदायमा नै परिचालन गरी प्रारम्भिक रूपमा कक्षा सञ्चालन गरिएको छ । कक्षा बिहान ७ बजे देखि १० बजे संचालन हुन्छ । यसरी पठनपाठन गराउँदा प्रभावकारी भएकाले अभिभावक र शिक्षक दुबै खुशी छन् ।

सामुदायिक विद्यालय मात्र नभई गाउँपालिका भित्रका सँस्थागत विद्यालयले पनि सामुदायिक विद्यालयले जस्तै समुदायमै पुगेर कक्षा सञ्चालन गर्न थालेका छन् । आफ्नै समुदायमा शिक्षक शिक्षिका आएर पढाउन थालेपछि विद्यार्थीहरु पनि खुसी भएका छन्।

गत असार ३० गते शिक्षा युवा तथा खेलकुद शाखाको पहलमा विद्यालयका प्रधानाध्यापकहरुसँगको छलफलमा सो निर्णय भएको हो । निर्णयपछि गाउँपालिकाको ९ वटै वडाको करिब १ सय ८८ टोलमा ३ सय शिक्षक परिचालन गरी १५ हजार विद्यार्थीहरूलाई शिक्षादिन सुरू गरिएको हो ।

अहिले दिनमा ३ शिक्षकले ३ घण्टा पढाउने गरेका छन् । विद्यालय सञ्चालन नहुँदासम्म यो प्रक्रिया निरन्तर रूपमा सञ्चालन हुने पनि बताइएको छ ।

समुदायमा पुगेर पठनपाठन सञ्चालन गर्दा आवश्यक सुरक्षा अपनाइएको भनेपनि यसमा उच्च सतर्कता अपनाउन जरुरी छ । दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेका बेला संक्रमण फैलिने जोखिमलाई भने नकार्न सकिन्न ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);