भौतिम रुपमा कक्षा सञ्चालन गर्दै त्रिभुवन विश्वविद्यालय | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भौतिम रुपमा कक्षा सञ्चालन गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौं, २२ मंसिर । त्रिभुवन विश्वविद्यालयले नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिइसकेको छ । स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ । कोरोनाभाइरसको जोखिमकै बीच त्रिविले भौतिक उपस्थितिमा कक्षा सञ्चालनको तयारी गरेको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभएको लामो समय भैसक्यो । कोरोना जोखिम बढेसँगै बन्द भएको भौतिक कक्षा सञ्चालनको विकल्पमा अनलाइन कक्षाहरु सञ्चालन भने भैरहेको छ । तर, परीक्षा तालिका र कक्षा नै प्रभावित भएको भन्दै त्रिविले अहिले भौतिक रुपमै कक्षा सञ्चालनको तयारी गरेको हो ।

यतिबेला त्रिविमा स्वास्थ्य मापदण्ड पूरा गर्दै कक्षा सञ्चालनको तयारी गरिएको बताइएको छ । स्थानीय निकायसँगको समन्वयमा तोकेको समयसीमा र मापदण्डभित्र रहेर पूर्वतयारी गरी कक्षा सञ्चालन गर्नुपर्ने छ । सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्नुपर्ने र सम्भव नभए वैकल्पिक माध्ययमबाट कक्षा सञ्चालन गर्न सकिने गरी निर्देशन जारी गरेको त्रिवि रजिस्ट्रार पेशल दाहालको जानकारी दिनुभयो ।

‘संक्रमण नभएको अवस्थामा स्थानीय निकायले अनुमति दिए नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गरेर भौतिक रुपमा कक्षा सञ्चालन गर्ने र त्यो सम्भव नभएमा अन्य वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिइएको हो’ रजिष्ट्रार दाहालले ईमाउन्टेनसँगटीभीसँग कुरा गर्दै भन्नुभयो –‘परीक्षा भने अहिले पनि भौतिक रुपमा नै उपस्थित भएर सञ्चालन गरिएको छ । अब पनि स्वास्थ्य सम्बन्धी सबै मापदण्डको पालना गरेर भौतिक रुपमा नै सञ्चालन गछौँ ।’

भौतिक रुपमा कक्षा सञ्चालन गर्ने विश्वविद्यालयको नीति रहेको बताइन्छ, सम्भव नभए वैकल्पिक विधिलाई पनि त्रिविले मान्यता दिएको हो । स्थानीय तहले लकडाउन गरेको अवस्थामा क्याम्पसहरु पनि बन्द गर्ने र स्थानीय तहले लकडाउन खुल्ला गरेको खण्डमा क्याम्पस पनि खुला गरिने रजिष्ट्रार दाहालले बताउनुभयो ।

दाहालले भन्नुभयो– ‘एकै पटक देशभर त्रिभुवन विश्वविद्यालयका क्याम्पस खोल्ने भन्दा पनि स्थानीय निकायले लकडाउन गरेको अवस्थामा क्याम्पस पनि बन्द गर्ने र स्थानीय निकायले लकडाउन गरेको अवस्थामा क्याम्पस पनि बन्द गर्ने हाम्रो नीति हो । तर कक्षा सञ्चालन वैकल्पिक विधिबाट भएपनि रोकिदैन ।’

लामो समयपछि त्रिभुवन विश्वविद्यालयले विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्नु आफैंमा सकारात्मक छ । तर कोरोनाको जोखिम अझै पनि कायम नै रहेकाले स्वास्थ्य सम्बन्धी मापदण्डलाई शतप्रतिशत कायम गर्नुको विकल्प छैन । अन्यथा कक्षा सञ्चालनको बहानामा कोरोना भाइरसले विद्यार्थी माझ महामारीको रुप लिने सम्भावना रहने कुरामा सबैपक्ष सजग हुन आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);